राजनीति

नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।

चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गयराति चीनतर्फ प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले बताए।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन्। नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ। रासस 

प्रकाशित: २९ आश्विन २०८० ०३:४६ सोमबार

पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) झलनाथ खनाल चीन प्रस्थान