राजनीति

माओवादीद्वारा दश बागीलाई कारवाही

काठमाडौंं– माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका हुम्ला र सल्यानका नेता र कार्यकर्तालाई यस्तो कारबाही गरिएको हो ।  
 
पोलिटब्युरो सदस्यद्वय उमाकान्त शर्मा (सल्यान) र छक्कबहादुर लामा (हुम्ला), भीमप्रकाश शर्मा (सल्यान) र जितबहादुर पुन (हुम्ला) ले बागी उम्मेदवार दिएका थिए । पार्टी प्रदेश नम्बर ६ को सिफारिसअनुसार बागी उम्मेदवार बनेका चारजना तथा उनीहरूका समर्थक र प्रस्तावकलाई पार्टीबाट निष्कासन गरिएको हो।
 
निष्कासनमा पर्ने प्रस्तावक र समर्थकमा प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल बिसी, टंक ढकाल र कीर्तिबहादुर राना छन । पार्टी प्रदेश ६ नम्बर समितिको सिफारिसमा उनीहरूलाई कारबाही गरिएको अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
 
  

प्रकाशित: २३ कार्तिक २०७४ १४:४३ बिहीबार

माओवादीद्वारा दश बागीलाई कारवाही