राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्न लागेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नेछन्।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो २ बजे विशेष समारोहमा शपथग्रहण गराउने छन्।

कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि तयारी गरेका छन्।  

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिवार कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २८ आश्विन २०८० ०३:४३ आइतबार

कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्की