राजनीति

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, कात्तिक २२ – क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एक सय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे।

न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार बुधबार उक्त नियोगमा आयोजित कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उनीहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिए । समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थियो ।

 

प्रकाशित: २२ कार्तिक २०७४ ०७:०१ बुधबार

नेपाल बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना