राजनीति

स्पेन विभाजनविरुद्ध उभियो नेपाल

काठमाडौं—नेपाल सरकारले सोमबार स्पेन अधिराज्य विभाजन विपक्षमा रहेको स्पष्ट पारेको छ। त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्ने उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्ने नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ।

स्पेनको एक भाग क्याटोलोनिया अलग हुने प्रयास गरिरहेका बेला नेपाल सरकारले प्रेस विज्ञप्ति निकाल्दै अखण्ड स्पेनको पक्षमा धारणा जाहेर गरेको हो।

प्रकाशित: २० कार्तिक २०७४ १२:२२ सोमबार

स्पेन विभाजनविरुद्ध उभियो नेपाल