राजनीति

विवादित नेशनल मेडिकल कलेजलाई सिट संख्या तोक्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं- विवादित काठमाडौं नेशनल मेडिकल कलेजलाई यही शैक्षिक वर्षदेखि भर्ना लिने गरी सिट संख्या तोक्न शिक्षा मन्त्रालयले अधिकार क्षेत्र बाहिर गएर निर्देशन दिएको छ।

सिट तोक्ने मेडिकल काउन्सिलको अधिकार क्षेत्र भए पनि शिक्षामन्त्री गोपालमान श्रेष्ठले पत्र लेखेर यस्तो निर्देशन दिएका हुन्।

पूर्वाधार नपुगेको मेडिकल कलेजलाई साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले सम्वन्धन दिने निर्णय गरेको थियो। पछि अस्पताल सञ्चालन अनुमति नै नभएको पाएपछि सम्वन्धन खारेज भएको थियो। एक साता अघि सर्वोच्च अदालतले सो सम्वन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। स्रोतका अनुसार  अन्तरिम आदेश लगत्तै  आर्थिक प्रलोभनमा परेर श्रेष्ठले नियम विपरित यस्तो पत्र पठाएका हुन्। मन्त्री श्रेष्ठले यस्तो पत्र पठाएको थाहा पाएपछि चिकित्सा शिक्षाको सुधारको माग गर्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले श्रेष्ठलाई फोन गर्दै  किन यस्तो काम गरेको भन्दै प्रश्न गरेका थिए।

प्रकाशित: २० कार्तिक २०७४ १०:३५ सोमबार

विवादित नेशनल मेडिकल कलेजलाई सिट संख्या तोक्न शिक्षामन्त्रीको निर्देशन