राजनीति

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगको शनिबार बसेको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। पौडेलले शुक्रबार जोशीको उम्मेदवारी खारेजीको माग गर्दै तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका थिए।
आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन  २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग थियो।
विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो।
 

प्रकाशित: १८ कार्तिक २०७४ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App