राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।  

संसद भवन नयाँ बानेश्वमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

यसैबीच, सार्वजनिक लेखा समितिको बैठक पनि आज बस्दै छ। बैठक अहिले बिहान १० बजेबाट सुरु हुनेछ। बैठकमा समितिगत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २५ आश्विन २०८० ०३:३४ बिहीबार

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय संसद प्रतिनिधि सभा