राजनीति

नसच्चिएसम्म काँग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली

फाइल।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताएका छन्।

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन्। उनले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताए।

उनले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताए। उनले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको जिकिर गरे।

प्रकाशित: २४ आश्विन २०८० १६:०९ बुधबार