राजनीति

दाहाल नेतृत्वको सरकार रहनै नहुँने सरकार हो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चारैतिरबाट असफल रहेको बताएका छन्।

मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुगेका ओलीले यस्तो बताए हुन्।

विमानस्थलमा वर्तमान सरकारको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले भने 'यो सरकार कहिले ढल्छ त्यो चर्चा नगरौं तर यो सरकार रहने नै नहुँने सरकार हो। सरकारको काम छैन्।'

नयाँ सरकार बनाउने विषयमा नेपाली कांग्रेससँग छलफल चलेको जिज्ञासामा अध्यक्ष ओलीले देशको राजनीतिक विषयमा सबै राजनीतिक दलसँग कुरा हुने र त्यो सामान्य विषय भएको बताए।

जनकपुरधाम विमानस्थलमा अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरु स्वागत गरेका छन्।

अध्यक्ष ओलीले जनकपुरधामस्थित नयां पार्टी कार्यालयको उद्घाटन गर्ने त्यसपछि जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो। आजदेखि सुरु हुने अधिवेशन दुई दिन चल्ने छ। अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्वको चयन गर्नेछ। 

प्रकाशित: २४ आश्विन २०८० ०८:४७ बुधबार

केपी शर्मा ओली