झापा – आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्।
उनले वाम गठबन्धनको समर्थनमा आज उम्मेद्वारी दर्ता गराएका हुन्।
झापा ३ मा लिङ्देन काँग्रेसका कृष्णप्रसाद सिटौलासँग भिड्न लागेका हुन्। सिटौलाले २ बजेसम्ममा उम्मेद्वारी दर्ता गराउने भएका छन्।
सिटौलाविरुद्ध उम्मेद्वारी दर्ता गराएपछि बोल्दै लिङ्देनले सिटौलालाई निर्वाचनमा हराउने वर्षौदेखिको धोको अब पूरा हुन लागेको बताए।
प्रकाशित: १६ कार्तिक २०७४ ०७:३७ बिहीबार