राजनीति

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन : अनिल झा

गौर- राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष अनिल झाले रौतहटमा कुनै पनि उम्मेदवारको आधिकारिक नामावली टुंगो नलागेको बताएका छन्। सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा उनले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुबीच उनले टिकट आज दिउँसोसम्म टुंगो लाग्ने बताए।

'अहिले उम्मेदवारको टुंगो लागेको छैन। दिउँसोसम्म सबै उम्मेदवारको नमावली पार्टीले सार्वजनिक गर्छ,' उनले पदाधिकारीहरुबीच भने।

यस्तै नेपाली कांग्रेस र बाम गठबन्धनहरुले उम्मेदवारी दर्ताका लागि बिहानैदेखि तामझाम गरिरहेका छन्।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:०७ बिहीबार

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन अनिल झा