राजनीति

काँग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।  

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा अहिले मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्ने बस्न लागेको हो।

बैठकमा मुलुकको समसामयिक अवस्था र शनिवारदेखि इजरायल हमास द्वन्द्वबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए।  

संसदीय दलको बैठकअघि काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०५:५० मंगलबार

नेपाली काँग्रेस सङ्घीय संसद भवन ल्होत्से हल