राजनीति

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस

लहान- नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ का पूर्व सासंद सुरेशचन्द्र दास माओवादी केन्द्रमा प्रवेश गरेका छन्। केहिबेर अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल निवास लाजिम्पाटमा दासलाई फुलमाला लगाएर अध्यक्ष दहालले पार्टीमा भित्र्याए।

          नेपाली कांग्रेसबाट सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दुई पटक (२०४८ र ०५१ ) उनी सांसद निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनअघि उनलाई पार्टीमा भित्र्याउन मधेस केन्द्रित दलले निकै कसरत गरेका थिए । तर, उनी कांग्रेसमै अडिरहे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मूखमा उनी कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेशसँगै पुरानै गढ (क्षेत्र नम्बर ३)बाट प्रतीनिधिसभा सदस्यको टिकट समेत पाउने निश्चित भएको माओवादी केन्द्रका सचिवालय सदस्य जगतप्रसाद यादवले जानकारी दिए।

          स्थानीय तह निर्वाचनमा औरही गाउँपालिका प्रमूखमा टिकट नदिएपछि दाशका सहोदर भतिजा सिद्धार्थ यादव उम्मेदवारी दर्ताका दिन तरुणदलको जिल्ला अध्यक्ष छोडेर माओवादी केन्द्र प्रवेश गरेका थिए। माओवादी केन्द्रबाट औरही गाउँपालिकाको टिकट पाएका यादव प्रमूख पदमा निर्वाचित भएका छन्।

         

प्रकाशित: १४ कार्तिक २०७४ १४:४३ मंगलबार

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस