राजनीति

उपेन्द्र यादब सप्तरी–२, अशोक राई सुनसरी–१ बाट उठ्ने

काठमाडौं— संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पहिलो चरणका लागि भन्दै सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना  सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन्। बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन्।

संघीय फोरमले सार्वजनिक गरेको सूचीमा उपाध्यक्ष युवराज कार्की मोरङ–२ बाट उठदैछन्। महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ। हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनाइने भएको छ। पर्सा–१ बाट प्रदिप यादव र पर्सा–२ बाट हरिनारायण रौनियारको नाम छनौट भएको छ।

राजलाल यादव सिरहा–१, वकिल मुसलमान रुपेन्देही–५ बाट, मोहम्मद इस्तियाक राइ बाँके –३ बाट, नवलपरासी सुस्ता पुर्ववाट फूलकुमारी पुर्जालाई उम्मेदवार बनाएको छ।

प्रदेश २ मा राष्ट्रिय जनता पार्टी र फोरम तालमेल गरेर चुनाबमा जाँदैछन्। दुई दलले मंगलबार क्षेत्र बाँडफाँड गरे लगत्तै फोरमले उम्मेदवार चयन गरेको हो।

सूची हेर्नुहोस् :

प्रकाशित: १४ कार्तिक २०७४ ११:२५ मंगलबार

उपेन्द्र यादब सप्तरी–२ अशोक राई सुनसरी–१ उठ्ने