राजनीति

अलग अगल मतपत्र छाप्ने निष्कर्षमा निर्वाचन आयोग

काठमाडौं- निर्वाचन आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले सो निष्कर्ष निकालेको हो।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अदालतको आदेशलाई आयोगले सकारात्मकरुपमा लिएको र सोही अनुसारनै निर्णय हुने बताए। 'अदालतको निर्णयलाई सकारात्मकरुपमा लिएका छौं', उनले भने, 'अहिले हामी छलफलमा छौं चाँडै निर्णयमा पुग्छौं।'

कानुनविद र आयोगका पदाधिकारीहरुसँग छलफल गरेर यस्तो निर्णयमा पुगेको हो। आयोगले आज कानुनविदहरुसँग छलफल गरेको थियो।

 सर्वोच्च अदालतले गत बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलगअलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेको थियो।

यसैबीच निर्वाचन आयोगले शुक्रबारदेखि सुरु गरेको भनिएको प्रत्यक्ष तर्फको मतपत्र छपाईको काम रोकिएको जनाएको छ।

 

प्रकाशित: १२ कार्तिक २०७४ ११:५६ आइतबार

अलग अगल मतपत्र छाप्ने निष्कर्षमा निर्वाचन आयोग