राजनीति

पूर्वमन्त्री दत्त कांग्रेस प्रवेश

काठमाडौं– पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्तसहितका नेताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै गर्दा दल अदलवलले तीब्रता पाइरहेका बेला दत्तसहितका नेता कांग्रेस प्रवेश गरेका हुन।

उनीहरुलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराएको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। दत्तसँगै माओवादी केन्द्रकै नेता डा. अवुल अन्सारी सहितका नेता तथा कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७४ १३:४६ शनिबार

पूर्वमन्त्री दत्त कांग्रेस प्रवेश