राजनीति

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दैछ।

बैठक मध्यान्ह साढे १२ बजेका लागि बोलाइएको छ।  

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसँग छलफल हुनेछ बताइएको छ।

प्रकाशित: २१ आश्विन २०८० ०४:५५ आइतबार

प्रतिनिधि सभा सिंहदरबार