राजनीति

विवेकशील साझाका थप उम्मेदवार घोषणा

काठमाडौं – विवेकशील साझा पार्टीले शुक्रबार पार्टीका तर्फबाट थप उम्मेदवार घोषणा गरेको छ । सो पार्टीले नवलपरासी र सिन्धुपाल्चोकमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा जयराम भण्डारी र नवलपरासी क्षेत्र नं. १ मा डा. हेमन्तराज न्यौपानेलाई मैदानमा उतार्ने निर्णय विवेकशीलले गरेको छ । यसैगरी सो पार्टीले प्रदेशसभातर्फ रूपन्देही क्षेत्र नं. २ (क) मा गणेश पन्थी, रूपन्देही क्षेत्र नं. २ (ख) मा निलम अधिकारी र सुनसरी क्षेत्र नं. १ (ख) मा बासुप्रसाद चालिसेलाई उम्मेदवार बनाउने भएको छ।

अन्य जिल्लामा पनि क्रमिक रूपमा उम्मेदवार घोषणा गर्दै जाने पार्टीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७४ ०३:३९ शनिबार

विवेकशील साझाका उम्मेदवार घोषणा