राजनीति

वाम गठबन्धनका चुनौति घोषणापत्रमै राख्ने कांग्रेसको तयारी

काठमाडौं- नेपाली कांग्रेसले वाम गठबन्धनले नेपाली राजनीतिमा निम्त्याउने चुनौतिहरुलाई घोषणा पत्रमै राखेर चुनवमा जाने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोकतान्त्रिक शक्तिहरुसँगको गठबन्धन गरेर जान लागेको कांग्रेसले वाम गठबन्धनले निम्त्याउने चुनौतिलाई पनि घोषणा पत्रमै समावेश गर्ने भएको हो।

कांग्रेसको घोषणापत्र निर्माण समितिका सदस्य डा. नारायण खड्काका अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्माण गरेको वाम गठबन्धनले लोकतन्त्रको स्थायित्वमा पार्न सक्ने असर र त्यसले निम्त्याउने व्यवधानलाई कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमै उल्लेख गर्ने भएको छ।

खड्कासँगको अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्

रेडियो नागरिकसँगको कुराकानीमा नेता खड्काले भने, ‘नेपाली कांग्रेस र लोकतान्त्रिक धारका पार्टीहरुलाई जनताले किन भोट दिने, तथा वाम गठबन्धनले कस्ता चुनौतिहरु ल्याउँछ भन्ने विषय हामीले घोषणापत्रमा समेटेका छौँ।’

साथै उनले नेपाली कांग्रेसले गरेका कामहरु, विभिन्न वर्गको उत्थानका लागि भएका प्रयासहरु, कांग्रेसको सक्रियतामा गठन भएका आयोग तथा विभिन्न समितिहरुबारे पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको जानकारी दिए।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय भइसकेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको घोषणा पत्रमा समावेशी तथा समतामुलक समाज निर्माणका लागि पार्टीले गरेको योगदानबारे पनि उल्लेख गरिएको डा. खड्काले बताए। कांग्रेसले तयार पारेको घोषणा पत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुले पनि स्वीकार गर्न सक्ने विषय समावेश गरेको उनको भनाई छ। डा. खड्काले भने, ‘दलहरुसँग तालमेल हुँदा सामञ्जस्यता त हुनै पर्‍यो, ठबन्धन गर्ने अनि राजनीतिकरुपमा आलोचना गर्ने, त्यो पनि मिलेन नी।’

फरक प्रसंगमा डा. खड्काले वाम गठबन्धनले आरोप लगाएजस्तो सरकार तथा नेपाली कांग्रेस पार्टी चुनाव सार्ने कुनै पनि सोचमा नरहेको स्पष्ट पारे। उनले कांग्रेस पनि चुनाव चाहेको भन्दै आफ्नै भोट घटाउने गरी चुनाव सार्न कांग्रेसको कुनै रुची नरहेको दाबी गरे।

बिहीबार वाम गठबन्धनका नेताहरुले पत्रकार सम्मेलन गरेरै चुनाव नसार्न खबरदारी गरेको विषय खड्काले यत्रो तामझाम गर्न जरुरी नै नरहेको स्पष्ट पारे। उनले कथमकदाचित तोकिएको मितिमा निर्वाचन हुन नसके पनि वाम नेताहरुले भनेजस्तो संसद पुनःस्थापित भइहाल्ने सम्भावना पनि कम रहेको धारणा रारे।

प्रकाशित: १० कार्तिक २०७४ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App