राजनीति

काँग्रेस प्रवक्तामा गगन थापाको चर्चा

काँग्रेस नेता गगन थापा। फाइल तस्विर

काठमाडौं— नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा गगन थापालाई मनोनित गरेकाे विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री प्रत्यासी बनेका थापा माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।

चुनावको मुखमा पार्टीविरुद्ध विपक्षीको आक्रमण बढ्दै गएको अवस्थामा सभापति देउवाले प्रवक्ता चयन गरेको भन्दै उनका शुभेच्छुकले बधाई दिएका छन्। 

थापाको सचिवालय स्रोतले भने सभापति देउवाले प्रवक्ताको जिम्मेवारी सम्हाल्न अाग्रह गरे पनि अाधिकारिक पत्र नदिएको नागरिकन्युजलाई बतायो। 'सभापतिज्यूले माैखिक रुपमा जिम्मेवारी सम्हाल्न अाग्रह गर्नु भएको हो। उहाँले त्यसलाई सकारात्मक रुपमा लिनु भएको छ।'

*यसअघि नेता नेताहरुको भनाइमा अाधारित भएर काँग्रेस प्रवक्तामा गगन थापाको नियुक्ति शीर्षकमा समाचार सम्प्रेषण गरिएको थियो। यसबाट पाठक वर्गमा पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौं। -सम्पादक

प्रकाशित: ९ कार्तिक २०७४ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App