राजनीति

रास्वपाद्धारा विज्ञहरुको सहमति र संलग्नतामा कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञहरुको सहमति तथा संलग्नतामा कार्यदल गठन गरेको छ।पार्टीका महासचिव डा मुकुल ढकालले आज जारी गरेको एक विज्ञप्ति अनुसार निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनमा भएका,हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा तथा  नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने सम्बन्धमा दुइ कार्यदल गठन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यसम्पादन समितिको निर्णय अनुसार निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनमा भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकारका पूर्व सचिवहरु शारदा प्रसाद त्रिताल र  पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भागवत खनाल,पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी  र चार्टर्ड एकाउन्टेन्ट एवंम पूर्व प्रशासक लिलाराज ढकाल सदस्य रहेको एक कार्यदल गठन गरेको छ।

त्यसैगरी नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति,योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्न ई श्रीराम न्यौपाने,ई देबेन्द्र कार्की ई डा सरोज अधिकारी सदस्य रहेको अर्को कार्यदल पनि गठन गरेको छ।

त्यसैगरीराष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: १९ आश्विन २०८० १५:०३ शुक्रबार

रास्वपाद्धारा विज्ञहरुको सहमति र संलग्नतामा कार्यदल गठन