राजनीति

एमाले गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल,पर्चा पम्प्लेट लैजान रोक लगाइएको छ।आज मतदान शुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल,पर्चा  पम्प्लेट लैजान रोक लगाइएको हो।प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा जानकारी दिए।

 गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टका अनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भुमिका उल्लेखनीय रहने बताए।अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषणा गरिने निर्वाचन अधिकृतले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०८० ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App