राजनीति

प्रधानमन्त्री दाहाल भोलि भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित बझाङको अवलोकन गर्ने भएका छन्।

बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको बारेमा अवलोकन गर्न उनी त्यसतर्फ जाने भएका छन्।

आज सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्ने पनि बताए।

प्रधानमन्त्री दाहालले परिषद्को अध्यक्षको नाताले भोलि भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाइने बताइएको छ।  

प्रकाशित: १८ आश्विन २०८० ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App