राजनीति

रामचन्द्र पौडेलका सम्धी पुननिर्माण प्राधिकरणको सीईओमा नियुक्त

काठमाडौं- सरकारले पुनःनिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज भूसाललाई नियुक्ति गरेको छ। भूसाल पूर्व सचिव हुन्। प्राधिकरणका सीइओ डा गोविन्द पोखरेलले राजीनामा  दिएपछि सरकारले भूसाललाई नयाँ सीइओ नियुक्त गरेको हो। उनी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन्। पोखरेलले शनिबार राजीनामा दिएका थिए। सरकारले उनलाई तत्कालका लागि भन्दै नियुक्त गरेको हो।

पोखरेल सुशील ज्ञवाली पछि प्राधिकरणको सीइओ बनेका थिए। पोखरेल प्युठानमा राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले जिल्ला छोड्न समेत निर्देशन दिएको थियो।
यस्तै मन्त्रीपरिषदले सिन्धुपाल्चोकको गिरानचौमा भूकम्प पीडितको लागि बनाइएको ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ।

 

प्रकाशित: ६ कार्तिक २०७४ ०८:२६ सोमबार

रामचन्द्र पौडेलका सम्धी पुननिर्माण प्राधिकरणको सीईओमा