राजनीति

तालमेलसँग नडराउन प्रधानमन्त्रीलाई ज्ञवालीकाे आग्रह

गुल्मी – नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रचार विभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
 
अहिले वामपन्थी शक्तिहरूबीच चुनावी तालमेल मात्र नभएर पार्टी एकताको प्रक्रृया अगाडि बढेकाले काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेलसँग डराएर विभिन्न अभिव्यक्ति दिइरहेकाले तालमेलसँग नडराउन उनले आग्रह गरेका छन्।

प्रधानमन्त्रीले वाम गठबन्धनको विषयमा विभिन्न टिका टिप्पणीहरू गर्नुभएको छ नेता ज्ञवालीले भने, ‘उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु , यो चुनावी गठबन्धन मात्र नभएर पार्टी एकीकरणको काम शुरु भएको छ।’ उनले एउटै वामपन्थीहरूको पार्टी निर्माण गर्ने तयारी भैरहेकाले वाम एकताबाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट पारे । अहिले एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लगायत अन्य वामपन्थी शक्तिहरूबीच जुन चुनावी तालमेल भएको छ सबै पार्टीको विचार एउटै भएकाले पार्टी एकीकरण गर्न कुनै समस्या म देख्दिन पूर्व मन्त्री समेत रहेका ज्ञवालीले भने ‘नेताहरू व्यवस्थापन देखि केही साना समस्याहरू छलफलबाट साँघुरिदै गएकाले पार्टी एकीकरण हुन्छ।’ 

उनले माओवादी केन्दसँग सरकार निर्माण गर्ने देखि स्थानीय तह निर्वाचनमा काँग्रेसले तालमेल गर्दा अधिनायकवाद नहुने तर एमालेसँँग चुनावी तालमेल गर्दा अधिनायकवाद हुने कस्तो विचार हो काँग्रेसको भन्दै प्रश्न समेत गरे । मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरूमा तालमेलमा समस्याहरू देखिए नि भन्ने पत्रकारहरूको जिज्ञासामा नेता ज्ञवालीले पार्टीको हित भन्दा व्यक्ति हित नहुने भन्दै एक्लै चुनावी मैदानमा जाँदा पनि आकांक्षीहरू धेरै भएपछि केही समस्या देखा परेपछि त्यो समाधान हुने बताए। 

प्रकाशित: ६ कार्तिक २०७४ ०६:१० सोमबार

तालमेलसँग नडराउन प्रधानमन्त्रीलाई ज्ञवालीकाे आग्रह