राजनीति

सरकारसंग सच्चिने र फर्किने विकल्प मात्र छ: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकार सच्चिन या  फर्किन पर्ने बताएका छन्। अहिले कै अवस्थामा जस्तै नेपाललाई राख्ने हो भने मुलुक झन जरजर अवस्थामा पुग्ने भएकाले सरकारसंग अब कि सच्चिने र कि फर्कने विकल्प मात्र रहेको उनले बताए।

कांग्रेस कपिलवस्तुले सरदमुकाम तौलिहवामा राखेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन। उनले अहिले देशमा स्वतन्त्रता, सार्वभौमसत्ता, आर्थिक राजनीति, कुटीनीतिक अवस्था जरजर अवस्थामा पुगको उनले बताए। ‘यो सरकारसंग अब सच्चिने या छाडने विकल्प मात्र छ’ उनले भने। उनले अहिले मुलुक अत्यन्तै अप्ठेरो स्थितिमा रहेको बताए। उनले मुलु्क अराजकता तर्फ गईरहेको भन्दै चिन्ता ब्यक्त गरे। आर्थिक अवस्था कमजोर हुदै गएको महंगी बढेको रोजारीको अवसर नभएको बताए। ‘ भ्रष्ट्राचार र दण्डहीनता बढेको बढ्यै छ’ उनले भने ‘के हामीले सुशासन दिन सक्दैनौ, दण्डहीनता अन्त्य गर्न सक्दैनौ, के हामी कमजोर भएका हौ।’ 

उनले कांग्रेसको नेतृत्वको सरकार जरुरी रहेको बताए। ‘कांग्रेस कसैको ईसारामा होईन, आफनै खुट्टामा उभिएर हिडन सक्ने आट गर्नु पर्छ’ उनले भने। कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए। ‘अहिलेको सरकारले अब अब अरु केही गर्र्न सक्दैन।’ कांग्रेस बहुमतको सरकारकालागि प्रत्यक्ष निर्वाचन प्राणालीमा जान जरुरी रहेको उनले बताए।

प्रकाशित: १७ आश्विन २०८० १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App