राजनीति

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

गोरखा- मंसिर १० गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनय दर्ता गराएका छन्। माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो।  उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए।

गोरखा २ मा लामो समय माओवादी पार्टी भित्रै रहेका दुई ठूला नेता बिच प्रतिस्प्रर्धा हुने भएको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठ र माओवादीबाट बिभाजित भई नयाँ शक्ति पार्टी खोलेका संयोजक बाबुराम भट्टराईबीच हुँदैछ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले आलोपालो गरी दर्ता गराउने निर्णय गरेकाले पहिले साना दल,बाम गठबन्धन र अन्तिममा लोकतान्त्री गठबन्धनका उम्मेद्ववारले मनोनय दर्ता गराएका थिए । पञ्चेबाजा, आफ्नो पार्टी, भार्त संगठनको झण्डा बोकेर दलका नेता कार्यकर्ता नाराबाजी गर्दै आफ्नो जित सुनिश्चि भएको नारा लागाउँदै हिँडेका थिए।

गोरखा १ मा चुनावी प्रतिप्रर्धामा उत्रिएका कांग्रेस र नयाँ शक्तिका साझा उम्मेद्धवार चिनकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसलाई जनताले मत दिने र आफुले जित्नेमा ढुक्क रहेको बताए । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका हरि अधिकारीले बाम एकता र ऐजेण्डाले आफुले जित्नेमा कुनै शंका नभएको तर्क गरे।

नयाँ शक्ति र कांग्रेसका संयुक्त उम्मेदवार डा. बाबुराम भट्टराईले अबको निर्वाचनले आउँदा पाँच वर्ष सम्म राज्यको अवस्था र ब्यवस्थालाई कसरी अगाडी बढाउने भन्ने कायम गर्ने भएकाले यो समयलाई जनताले ख्याल गर्नुपर्ने बताए । विकास र समृद्धीको निम्ति लड्ने भिड्ने नभई एक भएर अगाडी जान कांग्रेस सँग मिलेर चुनावी मैदानका उत्रने बताउँदै उनले भने ‘गोरखा २ मेरो गृह ठाउँ हो, विकास र समृद्धीको नेतृत्व गर्ने अवसर यहाँका जनताले दिनेछन ।’

वाम गठवन्धन बलियो भएका कारण निर्वाचन आफ्नै पक्षमा पर्ने नारायणकाजी श्रेष्ठको दावी छ। गोरखाबाट शीर्ष नेतामा पुगे पनि जिल्लाको लागि केही नगरेको आरोप श्रेष्ठलाई लाग्दै आएको छ।

गोरखा १ को प्रदेश क मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति धिरन थापा, ख मा महासमिति सदस्य राजेन्द्र बजगाई र २ को क मा नयाँ शक्तिबाट हरिशरण आचार्य र ख मा नेपाली कांग्रेस महासमिति सदस्य प्रकाशचन्द्र दुवाडीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बाम गठबन्धबाट गोरखा १ को क मा लेखबहादुर थापा, ख मा एमालेका केन्द्रिय सदस्य रामशरण बस्नेत २ को प्रदेश क मा कमला नहर्की र ख मा अमर तमुले उम्मेदावरी दर्ता गराएका छन् । गोरखामा नेपाली कांग्रेस र माओवादी बीच स्थानीय निर्वाचनमा प्रतिसप्रर्धा भएको थियो । ११ मध्ये ९ स्थानीय तह जितेर आफुलाई अब्बल सावित गरेको कांग्रेसले नयाँ शक्तिको साथमा प्रदेश र संघीय निर्वाचन पनि जित्ने दावी गरेको छ । थोरै मतान्तरकाबीच कांग्रेस सँगको पराजय भोग्नुपरेको ठहर गरेको माओवादीले एमालेको मत लिएको खण्डमा जित हात पार्ने दाउमा छ । यता नयाँ शक्ति भने आफ्नो भएको मत कांग्रेसलाई दिने र कांग्रेसको ठूलो संख्याको मत लिएर दुबै जित्ने दाउमा छ । बाम र लोकतान्त्रीक गठबन्धन एक अर्कोलाई कसरी हराउने भन्ने रणनीतिमा लागि सकेका छन्।

यस्तै गोरखा १ मा अमृत पुडासैनी र २ बाट नबराज थापाले बिवेकशिल साझापार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। संघीय समाजवादी फोरम, राप्रपा लगायतका दलले पनि उम्मेद्ववारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७४ १४:०६ आइतबार

गोरखामा यस्तो बाबुराम नारायणकाजीको जोड घटाउ