राजनीति

कोशी प्रदेश सभाको बैठक भोलि बस्ने

फाइल तस्बिर

कोशी प्रदेशसभाको चौथो अधिवेशन भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता  नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित: १६ आश्विन २०८० ०९:१७ मंगलबार

कोशी प्रदेश सभाको बैठक भोलि बस्ने