राजनीति

जनयुद्ध दिवसको बिदा फिर्ता हुनुपर्छ, नभए विरोध गर्छौं: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिसभाको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताएका हुन्।

उनले भने,'मेरो समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। मैले शेरबहादुर देउवासँग कुरा गरेँ, मान्नुभएको छ, उत्सव मनाउँछु, बिदा दिन्छु, म प्रम भएपछि किन नमनाउने भन्नुभयो। मैले सम्भव छैन भनेँ, उहाँले बिदा घोषणा गरेँ भन्नुभयो।'

ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताए।

प्रकाशित: १६ आश्विन २०८० ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App