राजनीति

काठमाडौं कांग्रेसद्वारा उम्मेदवार सिफारिस

काठमाडौं कांग्रेस काठमाडौंले मंसिर २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुको नाम सिफारिस गरेको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेसले दश वटै निर्वाचन क्षेत्रमा निम्न नेताहरुको नाम सिफारिस गरेको छ ।

प्रत्यक्ष संघतर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह र प्रदेशमा मोहन कुमार राई, राजु अर्याल, रेणु भट्टराई, सुरजचन्द्र लामिछाने, कल्याणी रिजाल, लिलेन्द्र प्रधानकाे नाम सिफारिस गरेकाे छ ।       
क्षेत्र नंम्बर २काे प्रत्यक्ष संघमा लोकेश ढकाल, दिपक कुइकेल र प्रदेश सभाकाे लागि प्रदिप पराजुली, भीमार्जुन आचार्य, क्षितिज पराजुली, मनोहरी खड्का, शंकर थापा सिफारिस भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ३बाट प्रत्यक्ष संघमा अम्विका बस्नेत, कृष्णजी खड्का र हरिवोल भण्डारी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । त्यस्तै  प्रत्यक्ष प्रदेशमा भने  छिरिङ्गदोर्जे लामा, गजेन्द्र कुमार लामा, दिपक रिसाल, विमल ठकुरी, विष्णुदेवी पुडासैनी, जगन्नाथ धिमालकाे नाम सिफारिस भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ काे प्रत्यक्ष संघतर्फ गगन कुमार थापा, नरोत्तम वैद्य, जमुना घिमिरे र प्रत्यक्ष प्रदेशतर्फ श्रीराम लामिछाने, राधा घले, कर्मा छिरिङ्ग शेर्पा, आत्माराम पौडेल, साधुराम खड्का, न्हुच्छेनारायण श्रेष्ठ सिफारिसमा परेका छन् । क्षेत्र नम्बर ५ मा भने रमेश कुमार खड्का, श्रीविनोद भट्टराई, प्रेम वहादुर खड्का प्रत्यक्षतर्फ र प्रदेश रमा गुरागाई, उषा न्यौपाने, प्रकाश महर्जन, गोकर्ण केसी, मनिष जोशी र श्याम खड्कालार्इ सिफारिस गरेकाे छ ।

त्यस्तै संघतर्फ क्षेत्र नम्बर ६ बाट भीमसेनदास प्रधान, सवुजकृष्ण वानियाँ र  प्रत्यक्ष प्रदेशका लागि न्हुच्छेनारायण मानन्धर, जीवन डंगोल, विजय मानन्धरश्यामकृष्ण खड्का, इन्द्रमान महर्जन र विष्णुभक्त तिमल्सेनाकाे नाम सिफारिस भएकाे छ । क्षेत्र नं ७ बाट विजय माली, सुदर्शन आचार्य र मुकुन्द रिजाल संघतर्फ सिफारिस भएका छन् । विनोद पन्त, राजिव श्रेष्ठ, प्रमोदहरि गुरागाई, धर्मराज अर्याल, सविन तामाङ्ग र पुनम लामा भने क्षेत्र नं ७ बाट प्रदेशमा सिफारिस गरिएकाे छ ।

क्षेत्र नंम्बर ८ बाट संघ तर्फ प्रत्यक्षमा  नविन्द्रराज जोशी र प्रदेशतर्फ राजेश श्रेष्ठ, राज्यलक्ष्मी श्रेष्ठ, विजयगोपाल श्रेष्ठ, अमिन पाण्डे, देवरत्न डंगोल र केदार मानन्धरलार्इ सिफारिस गरेकाे छ । क्षेत्र नंम्बर ९ ध्यानगोविन्द रञ्जित, दामोदर गौतम संघतर्फ र जुद्दरत्न वज्रचार्य, सुमन श्रेष्ठ,इन्द्रमान तुलाधर,जय कृष्ण महर्जन, धर्मराज गौतम र रीता दवाडी प्रदेश तर्फ सिफरिस भएका छन् । क्षेत्र नम्बर १० बाट  राजेन्द्र कुमार केसी संघतर्फ र  राजकुमार नकर्मी, पुकार महर्जन, कृष्णमान डंगोल,धर्मराज के.सी, धर्मानन्द श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ प्रदेश तर्फ सिफारिसमा परेका छन् ।

प्रकाशित: १ कार्तिक २०७४ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App