राजनीति

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्

पर्वत- निवर्तमान सांसद कल्पना चापागाई जोशीले आफ्नो पदावधिभित्र सांसद विकास कोषको रकम बितरण गर्न असफल भएकी छन्। शनिबार पदावधि सकिदाँसम्म उनले जिल्ला प्राविधिक कार्यालयमा कुनैपनि योजनाको नाम दिन नसकेकी हुन्।

समानुपातिक तर्फबाट सांसद भएकी उनले जिल्ला प्राविधिक कार्यालयमा असोज ९ गतेको मितिमा निवेदन दिएपनि कुनैपनि योजनाको नाम उल्लेख छैन।

‘अब पहिलाको मिति राखेर योजना बितरण गरेको ल्याउने तयारी होला’ स्रोतले भने–‘शनिबार संसदको म्याद सकिएको हो, सोमबार कार्यालय खुल्दासम्म उनले योजनाको नाम जिल्ला प्राविधिक कार्यालयमा बुझाएकी छैनन् ।’ जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले सुरुमा सबै सांसदले योजना बुझाएको दाबी गरे।

तर, कार्यालयमा फोटोकपी माग गर्दा सांसद चापागाईले निवेदन दिएपनि योजना बितरण गरेर नबुझाएको पुष्टि गरे। ‘निबेदन दिनुभएको छ, अहिले (असोज २९ गते ५ बजे) सम्म कुन योजनामा कति बजेट बिनियोजन भएको बुझाउनुभएको छैन’ भण्डारीले भने । सांसद विकास कोष अन्तर्गत सांसदले आर्थिक बर्षभित्र ५० लाख रुपैयाँ योजना बनाएर खर्च गर्न पाउँछन्।

प्रकाशित: ३१ आश्विन २०७४ ०७:२९ मंगलबार

एमाले सांसद चापागाईले सांसद विकास कोषको रकम वितरण गर्न सकिनन्