राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनामः सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गरेका छन्।  

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धुमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताएका हुन्।

उनले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको बताए। उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताए।

उनले भने, ‘जे–जे सहमति भएको छ, त्यसमा पहिल्यै भएका सहमती पनि सबै कार्यान्वयन हुने भएनन्। र नयाँ त केहीपनि भएनन्। ठोस उपलब्धी देखिनुप¥यो नि। उहाँले तिन, चारवटा बाटोको कुरा गर्नुभएको थियो, किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर। त्यो केहीपनि भएन। किमाथांकाबाट ट्रान्समिशन लाइनको कुरा गर्नुभएको थियो, त्यो पनि भएन। बिआरआइमा हस्ताक्षर भएन। मुख्यकुरा बिआरआइमा हस्ताक्षर गर्नुपथ्र्यो। त्यो केही पनि भएन। त्यसकारण चिन भ्रमण उहाँको गुमनाम भयो। धुमधामको गुमनाम भयो। उपलब्धि केही पनि भएन।

प्रकाशित: १४ आश्विन २०८० १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App