प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ११ बजेबाट सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषय, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण लगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन्।
प्रकाशित: १४ आश्विन २०८० ०६:०२ आइतबार