राजनीति

विवेकशील साझाले पाँच जिल्लाबाट उम्मेदवारी दिने

काठमाडौं— भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले भक्तपुर, चितवन, लम्जु र दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी संयाेजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले केहीदिनअघि काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने घाेषणा गरेलगत्तैचारवटा जिल्लाबाट सदस्यमा उम्मेदवारी दिने भएकाे हाे ।

शनिबार प्रेस विज्ञप्तिमार्फत विवेकशील साझा पार्टीले आउँदो निर्वाचनकाे पार्टीका शशि विक्रम कार्की भक्तपुर क्षेत्र नं २, भुपेन्द्र बस्नेत चितवन क्षेत्र नं २, शरदराज पाठक चितवन क्षेत्र नं ३, निर्देश सिलवाल लम्जुङ र विजयबाबु शिवाकोटी दोलखाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने घाेषणा गरेका छन् । उनीहरू तराजु चुनावी चिन्हसहित  'अबकाे अाशाः विवेकशील साझा' नारा लिएर चुनाव लड्दैछ ।

 

 

 

प्रकाशित: २८ आश्विन २०७४ १०:२२ शनिबार

विवेकशील साझाले जिल्लाबाट उम्मेदवारी दिने