राजनीति

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले  असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्। 

कोशी प्रदेश मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले सिफारिस गरे बमोजिम कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते दिनको १ बजे आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो। 

प्रकाशित: १२ आश्विन २०८० १२:४८ शुक्रबार

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते