राजनीति

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थराज्मन्त्री उदयशम्शेर राणा

काठमाडौं—अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

ललितपुर क्षेत्र न‌ं १ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका राणाले कान्तिलोकपथ निर्माणपछि ललितपुरका पहाडी भेगका कृषकहरुलार्इ गाउँघरमा उत्पादित तरकारी तथा फलफूल सहज रूपमा काठमाडौं पुर्‍याउन सहज हुने बिश्वास व्यक्त गरे। उनले निर्माणको ६० वर्ष पुगिसक्दा अब भने कान्तिलोकपथले काँचुली फेर्ने दाबी गरे। 

कान्तिलोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने अपेक्षा गरिएको छ। हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर रहेको छ।

प्रकाशित: २६ आश्विन २०७४ ०९:३१ बिहीबार

कान्तिलोकपथ सरकारको प्राथमिकतामा राणा