राजनीति

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ।

सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि  १३७ स्थानीय तह, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।

हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्।  

एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्।  

अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन्।  

प्रकाशित: १२ आश्विन २०८० ०१:४५ शुक्रबार

नेकपा एमाले कोशी प्रदेश प्रदेश कमिटी अधिवेशन