राजनीति

एमाले कर्णाली अधिवेशन: बन्द सत्रका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

बुधबार देखि सुरु भएको नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ। बन्द सत्र सुरु भएसँगै ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ।

एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिए।

अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्य द्वय यामलाल कककडेल, गोरखबहादुर बोगटी, पोलिटब्युरो सदस्य मोहन बानियाँ, भैरवसुनेदर श्रेष्ठ लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रहेका छन्।

प्रकाशित: ११ आश्विन २०८० १२:५८ बिहीबार