राजनीति

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित अन्य भिभिआइपीहरू (तस्बिरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लागायत अन्य भिभिआइपीहरू वसन्तपुर आइपुगेका छन्। उनीहरु न्युरोडबाटै हिँडेर वसन्तपुर पुगेका हुन्।

इन्द्रजात्रा अवलोकनकालागि राष्ट्रपति रामचन्द्र पौडेल सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  उपराष्ट्रपति रामसहायप्रसाद यादव, काठमाडौँ  महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायत वसन्तपुर पुगेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा हुने गर्छ।

 तस्बिर: रत्न श्रेष्ठ/रासस

प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्‍ठ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई। 
ष्ट्रियसभाका अध्यक्ष गगणेशप्रसाद तिमिल्सिना।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती।
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह। 
राष्ट्रपति रामचन्द्र पौडेल। 
राष्ट्रपति रामचन्द्र पौडेल।
उपराष्ट्रपति रामसहायप्रसाद यादव। 
सभामुख देवराज घिमिरे। 
इन्द्रजात्राको अवसरमा कुमारी, गणेश र भैरवको रथ यात्रा का लागि जीवित देवी ‘कुमारी’ कुमारी घर प्रवेश गराई रथ जात्राका लागि पुन: रथमा विराजमान गराई परिक्रमा गर्ने क्रममा। 

प्रकाशित: ११ आश्विन २०८० १०:२० बिहीबार

इन्द्रजात्रा