राजनीति

विद्यालय शिक्षा विधेयकबारे काँग्रेस संसदीय दलमा छलफल हुँदै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे काँग्रेस संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो।

यसैबीच, काँग्रेस संसदीय दलले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे आन्दोलनरत शिक्षकसँग छलफल गर्न लागेको छ।

दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा काँग्रेसले शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको हो।

प्रकाशित: ९ आश्विन २०८० ०४:०५ मंगलबार

नेपाली काँग्रेस संसदीय दलको बैठक शिक्षा सम्बन्धी कानून