राजनीति

दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्रीले गर्नुपर्छ: सांसद शाही

प्रतिनिधि सभामा सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले दरबार हत्याकाण्डको छानविन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका छन्।

सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका हुन्।

शाहीले सरकारलाई हत्याकाण्डको छानबिन गर्न कसैले नरोकेको बताए। जनताले चाहे भने राजतन्त्र आउने शाहीको भनाइ छ।

विकास गर्नु आफ्नो दायित्व भएकोले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याए भन्दै प्रचार गर्न जरुरी नभएको उनले बताए। उनले अबको ५ वर्ष देखिने खालका काम गर्ने पनि बताए।  

प्रकाशित: ८ आश्विन २०८० ११:४१ सोमबार

ज्ञान बहादुर शाही दरबार हत्याकाण्ड