राजनीति

मेयर बालेनको प्रश्न: आन्दोलनरत अभियन्ताहरुको नेतासंग वार्ता गर्नुपर्ने हो ?

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्ताहरुलाई वार्तामा बोलाउँदा नआएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले आन्दोलनरत अभियन्ताहरु उभिरहेको ठाउँमै गएर वार्ता गरौ भनेर बोलाउदा आउन नखोजेको बताएका हुन्।

'विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियान्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन, उनले लेखेका छन्, 'लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ। के वार्ता हामीले उहाँहरुको नेतासंग गर्न पर्ने ?'

ईः लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्।

अभियन्ता ईः ले फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका छन्।  

प्रकाशित: ८ आश्विन २०८० ०६:५९ सोमबार

मेयर बालेन्द्र शाह