राजनीति

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री लि

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। 

हाल चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि लि ले दिएको छोटो स्वागत मन्तव्यमा सो धारणा राखेका हुन्।

प्रधानमन्त्री लि ले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुगेको बताए।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री लि ले बताए।  

उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको उल्लेख गरे।

प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।  

हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।रासस

प्रकाशित: ८ आश्विन २०८० ०४:४४ सोमबार

चिनियाँ प्रधानमन्त्री लि छ्याङ चीन–नेपालबीचको सम्बन्ध प्रधानमन्त्री पुष्पकमल दाहाल