राजनीति

प्रधानमन्त्री दाहाललाई चीनमा यसरी गरियो सम्मान (तस्बिरसहित)

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि भेटवार्तामा व्यस्त छन्। 

प्रधानमन्त्री दाहाललाई आज चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गर्नका लागि भव्य तयारी गरिएको थियो।  

उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्दै भेटवार्ता पनि गरेका छन्।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच अहिले द्विपक्षिय भेटवार्ता भइरहेको छ।

हेरौं तस्बिरमाः  

प्रकाशित: ८ आश्विन २०८० ०४:३६ सोमबार

चीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको राष्ट्रिय जनमुक्ति सेना