राजनीति

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लिबीच द्विपक्षीय वार्ता सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।  

चीनको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो।

द्विपक्षीय भेटवार्ता पछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए। दुबै जनाबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको थियो।

प्रकाशित: ८ आश्विन २०८० ०३:४१ सोमबार

चीन चीन भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ समकक्षी लि छ्याङ