राजनीति

उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल गर्दै दलहरु

सरकारले तयार पारेको सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोग सम्बन्धि कार्यदेश मस्यौदामाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिसहित छलफल सुरु भएको छ।

आइतबार दिउँसो  गृह मन्त्रालयमा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल भइरहेको एमाले सचेतक महेश बर्तौलाले  जानकारी दिए।

सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो। 

प्रकाशित: ७ आश्विन २०८० ०९:४५ आइतबार

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोग