राजनीति

विदेशी इशारामा कम्युनिष्ट एकता : राज्यमन्त्री बिष्ट

सुर्खेत - सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले कम्युनिस्ट पार्टीबीचको एकता बिदेशीको इशारामा भएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी चीनप्रती संकेत गर्दै उनले भने, "यो यकता लोकतन्त्रको आडमा टेकेर तानाशाह लाद्ने प्रयत्न हो, तर यो सफल हुँदैन।"

राज्यमन्त्री बिष्टले अबको चुनाबबाट नेपाली कांग्रेस पहिलो शक्ति हुने दाबी पनि गरे। कम्युनिस्ट गठबन्धनले काङ्ग्रेस अझ मजबुत हुने उनको भनाइ छ। उनले कम्युनिष्ट एकताले कांग्रेसलाई कुनै नोक्सान नहुने दावी गरे।

 

प्रकाशित: १७ आश्विन २०७४ १४:१७ मंगलबार

विदेशी इशारामा कम्युनिष्ट एकता राज्यमन्त्री बिष्ट