राजनीति

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची, असोज १३ – आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ । 

निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अन्तर्गत प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताए ।  

समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ । 

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल रहनेछन्।  समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ ।

प्रकाशित: १३ आश्विन २०७४ ०३:२४ शुक्रबार

संघ प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस