राजनीति

सबै मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

काठमाडौँ, असोज १२– तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको जानकारी गराएको थियो । 
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छन् ।  प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा गत असोज २ मा तेस्रो चरणको स्थानीय तहका निर्वाचन भएको थियो । 
 

प्रकाशित: १२ आश्विन २०७४ ०१:४६ बिहीबार

सबै मत परिणाम सार्वजनिक  निर्वाचन आयोग